शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार आरोपी बर्दियाबाट पक्राउ

सोमबार, १० असोज २०७९, १२ : १९
सोमबार, १० असोज २०७९

ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरुवा घर भएका ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसी छन् । २०७२ साउन १६ मा उनले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ । हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

असोज ८ मा पक्रेर आरोपी विरुद्ध बर्दिया जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका बर्दियाका डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप