बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सीता दाहालसहित चितवनमा प्रचण्ड, तयार भयो नयाँ घर

सोमबार, १० असोज २०७९, ११ : ५७
सोमबार, १० असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई समेत लिएर चितवन गएका छन् । गत शनिवार काठमाडौंबाट प्रचण्डले आफूसँगै बिरामी रहेकी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् ।

प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । बिरामी सीतालाई एक जना सहयोगी समेत चाहिन्छ । लामो समयदेखि उनी  पार्किन्सससहित पेट सम्बन्धी रोगबाट समस्याले ग्रस्त छिन् । सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने भएका हुन् । 

यस्तै प्रचण्ड काठमाडौंको कार्यक्रम सकेर चितवनमा केही समय बस्नेगरी जाने सचिवालयले जनाएको छ । प्रचण्ड सोमबार भरतपुर १४ शिवनगरमा बनाइएको नयाँ सरेका छन् ।  पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् । 

'निर्वाचनको मिति नजिकिन थाल्यो । सिएम त्यसपछि चितवनमै व्यस्त हुनुहुन्छ । त्यसो भएमा सीता म्याडमलाई काठमाडौंमा हेरचाह पाइँदैन भन्ने भयो’ प्रचण्डको  सचिवालयका एक सदस्यले भने,‘त्यसैले केही समय चितवनमै बस्नेगरी सीता म्याडमलाई लिएर जानु भएको हो । अब केही समय सीता म्याडम यतै बस्नुहुन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप