बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गायिका जेरुसा राई ४ दिनदेखि बेपत्ता

सुसाइड नोटमा लेखिन्– ‘मेरो बिदा हुने समय आयो’
सोमबार, १० असोज २०७९, ११ : ५६
सोमबार, १० असोज २०७९

गायिका जेरुसा राई असोज ६ मा साँझबाट बेपत्ता छिन् । ललितपुरको धोबीघाटस्थित घरमा मोवाइल छाडेर हिँडेकी जेरुसाले लेखेको ‘सुसाइड नोट’ भेटिएको छ । सो नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । युट्युबबाट चर्चित ३० वर्षीया गायिका जेरुसाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।

सुन्दरीघाटमा जडान गरिएको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरामा जेरुसा एक्लै हिँडिरहेको देखिएको छ । सुन्दरीघाट बाहेक अन्यत्रको क्यामेरामा उनको गतिविधि देखिएको छैन । जेरुसा अमेरिका र बेलायत बसेर फर्केकी हुन् । अंग्रेजी भाषामा जेरुसाले एक पेज लामो ‘सुसाइड नोट’ लेखेर छाडेकी छिन् । नोटमा उनले लेखेकी छिन्–‘आमा, म जत्ति बाँचे प्रुटफुल जीवन बिताएँ अब मलाई बिर्सिनुहोला ।’
आमा र परिवारलाई उनले भनेकी छन्– ‘तपाईहरु फ्रुटफुल जीवन बाँच्नुहोस्, मलाई बिर्सिनुहोस् ।’

घर छाड्नुको कारणबारे जेरुसाले भनेकी छिन्–‘यसमा कसैलाई पनि दोष दिँदिन, मेरो जीवनको दोषी म आफैं हुँ ।’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नोटको अन्तमा उनले लेखेकी छिन्–‘अब मेरो बिदा हुने समय आयो !’ सोमबार समाचार तयार गर्दासम्म उनको अवस्था अज्ञात छ । ललितपुर प्रहरीले उच्च प्राथमिकताका साथ उनको खोजी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप