मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयदेखि म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

सोमबार, १० असोज २०७९, ११ : ३४
सोमबार, १० असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए ।  

‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ । प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन । लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो । मेरो पहिलो प्राथमिकता संविधान कार्यन्वयन हो’ प्रचण्डले भने, ‘मैले चाहेको भए २०७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो । मैले होइन भन्दिए । त्यसपछि पनि थियो । अहिले चुनावपछि पनि छ । तर प्रधानमन्त्रीको रेसमा छैन ।’ राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढ आर्थिक विकास र समृद्धिमा आफूलाई समर्पित गर्ने प्रचण्डले बताए ।

‘अब फैसला सबै तपाईको हातमा छ । कस्तो फैसला दिनुहुन्छ ? त्यो लिन तयार छु’ उनले भने, ‘चितवनको जनता बढो सचेत छन् । चितवनका जनताको फैसला अग्रगामी लोकतन्त्र र सुशासनको पक्षमा हुनेछ भन्ने विश्वास लिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप