रविया र शैलेस भए नेक्स्ट सुपर मोडल
‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधि हात पारेका हुन् । उनीहरुले पुरस्कार स्वरुप एक–एक लाख रुपैया बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबर सुविधा जिते । त्यस्तै पुरुषतर्फको अन्य टाइटल अन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए ।
महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाईस’, साक्षी वास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार, र दिक्पाल कार्की निर्णायक थिए । प्रतियोगिताको इभेण्ट डाइरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए ।
प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल