बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, १० असोज २०७९, ११ : १३
सोमबार, १० असोज २०७९

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुवाई रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।  मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप