शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार होः गोकुल बास्कोटा

सोमबार, १० असोज २०७९, १० : ००
सोमबार, १० असोज २०७९

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । 

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।

‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन१,’ उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप