रुसलाई अमेरिकाको चेतावनी - आणविक हतियार प्रयोग भए निर्णायक जवाफ दिन्छौँ
अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णायक जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो । बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए ।
जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ । पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि