नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने
सोमबार, १० असोज २०७९, ०७ : २५
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ ।
अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लबबाट सहभागी हुने खेलाडीले उच्च मनोबलका साथ पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए ।
पोखरा लगायत आसपासका जिल्लामा संचालन हुने प्रतियोगितामा ३६ खेल विधा समावेश हुनेछ । प्रतियोगितामा एपिएफ क्लबबाट ३१ खेल विधामा ५३४ जना खेलाडीको सहभागिता रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ