मङ्सिरभित्र मेलम्चीको पानी
सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुस्किल नभए पनि वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्राकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठुलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो। ।
तर, खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा-धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको छ । मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौँ उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । प्राकृतिक विपत्तिबाट आयोजनामा हुन सक्ने क्षति जोगाउन भन्दै गत १७ जेठ मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरिएको हो। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने