शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया विरुद्धको टी–ट्वान्टी सिरिज भारतलाई

आइतबार, ०९ असोज २०७९, २३ : ३४
आइतबार, ०९ असोज २०७९

भारतले अष्ट्रेलिया विरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । आइतबार राति भएको अन्तिम खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै  २–१ ले जित निकालेको हो ।  हैदराबादमा अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । यादवले ६९ बनाउँदा विराटले ६३ रन बनाए ।  त्यस्तै हार्दिक पाण्ड्याले २५ रनको योगदान गरे ।  अष्ट्रेलियाका लागि डेनियल साम्सले दुई विकेट लिए । त्यस्तै जोस हेजलउडले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । अष्ट्रेलियाका लागि डेभिडले ५४ रनको अर्धशतकीय पारी खेले । क्यामरुन ग्रिनले ५२ रनको योगदान गरे । त्यस्तै डेनियल साम्सले अविजित २८ रनको योगदान गरे । 

भारतका लागि अक्षर पटेलले तीन विकेट लिए । त्यस्तै युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान एक÷एक विकेट लिए । यसअघिको पहिलो सिरिजमा अष्ट्रेलियाले जित निकाल्दा भारतले दोस्रो र अन्तिम सिरिजमा जित निकाल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप