शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा हिजाब विरोधी प्रदर्शनको जवाफमा हिजाब लगाउनेहरुको र्‍याली निस्कियो

आइतबार, ०९ असोज २०७९, २२ : ०७
आइतबार, ०९ असोज २०७९

धार्मिक प्रहरीको हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरु भएको प्रदर्शनमाथि अन्तर्राष्ट्रिय ध्यान परिरहँदा आइतबार सरकारको पक्षमा पनि र्‍याली निस्कियो । यस भेलाका लागि सार्वजनिक आह्वानदेखि र व्यापक एसएमएस पठाइएको बताइएको छ । यसअघि शुक्रबारको प्रार्थनापछि पनि हजारौं मानिसहरु सरकारको पक्षमा सडकमा निस्किएका थिए । 

सरकारको पक्षमा र्‍याली निकाल्नेहरूले धार्मिक विम्बहरू पनि लिएर देशको धार्मिक सत्ताप्रति समर्थन देखाएका छन् । उपस्थिति महिलाहरु सबैले नै हिजाब वा सरकारले तोके अनुरुपको पहिरन लगाएका थिए । सन् १९७९ को इस्लामिक क्रान्तिदेखि इरानमा धार्मिक सर्वोच्चता कायम छ । त्यहाँ देशको कार्यकारी राष्ट्रपतिभन्दा माथि एकजना धार्मिक नेता (सर्वोच्च नेता) हुन्छन् । उनीसँग धेरै अधिकार हुन्छ । 
साथै त्यहाँ महिलाहरुले सार्वजनिक जीवनमा धेरै बन्देजहरु लागू छ ।

उदारवादीका र्‍यालीका सहभागीहरुले सरकार विरोधीहरुले कुरान र राष्ट्रिय झण्डासमेत जलाएको आरोप लगाएका थिए ।  सरकारी प्रायोजनमा भएको प्रदर्शनलाई प्रहरी तथा सुरक्षाकर्मीले सुरक्षा दिएको देखिन्थ्यो भने तिनको र्‍यालीलाई सरकारी टीभी र मिडियाले प्राथमिकता दिएर प्रसारण गरेका थिए । 

जबकि सुधारको माग गर्दै निस्किएको प्रदर्शनमा सुरक्षाकर्मीले ठूलो बल प्रयोग गरेको आरोप लाग्ने गर्छ ।  आइतबार सरकार पक्षधरमा भएका भेलाहरु राष्ट्रपति इब्राहिम रैसीले सरकारी सुरक्षाकर्मी र देशको शान्ति सुरक्षाविरुद्ध निस्किनेहरू विरुद्ध कठोर हुने वाचा गरेपछि निस्किएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप