शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

आइतबार, ०९ असोज २०७९, २१ : ५४
आइतबार, ०९ असोज २०७९

राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ । सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी हुनेछिन् ।

त्यसैगरी उनले धारवाडमा भारतीय सूचना प्रविधि संस्थान धारवाडको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछिन् । मङ्गलबार राष्ट्रपतिले बेंगलुरुमा हिन्दुस्तान एरोनटिक्स लिमिटेडको एकीकृत क्रायोजेनिक इन्जिन उत्पादन सुविधाको उद्घाटन गर्नेछिन् ।

उनी सोही दिन सेन्ट जोसेफ युनिभर्सिटीको उद्घाटन समारोहमा सहभागी हुने र पछि कर्नाटक सरकारले उनको सम्मानमा बेंगलुरुमा आयोजना गर्ने नागरिक स्वागत समारोहमा भाग सरिक हुनेछिन् ।  राष्ट्रपति मुर्मु सेप्टेम्बर २८ मा केन्द्रीय राजधानी फर्किनेछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप