खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो – चिनियाँ राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिएका छन् । उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
‘खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली लागू गर्नुपर्छ’ उनले भने । सबै तहका पार्टी समिति र सरकारहरूले कृषि, ग्रामीण क्षेत्र र किसानहरू सम्बन्धी कार्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रमुख नीति, निर्णय र योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।
कृषि आधुनिकीकरणलाई अगाडि बढाउन विज्ञहरूको मात्र नभई सबै किसानहरूको प्रयास आवश्यक छ । आधुनिक कृषि विज्ञान र प्रविधिको प्रवद्र्धन र प्रयोग र किसानहरूको तालिमलाई बलियो बनाउनुपर्छ र सबै ठूला अन्न उत्पादकहरुले यसमा ध्यान दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत