शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

आइतबार, ०९ असोज २०७९, २१ : ४३
आइतबार, ०९ असोज २०७९

खानेपानीको पाइप चोरेको आरोपमा प्रहरीले कास्कीबाट स्थानीय जनप्रतिनिधिसहित चारजनालाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरिएको जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा मादी गाउँपालिका–७ थाक घर भएका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ र लमजुङ घर भएका २३ वर्षीय सुनिल परियार उर्फ रिदम छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई पाइप चोरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

थाकखोला परियोजनाको पाइप आरोपीहरुले ३ मिटरको दरले रातभर काटेर ग.१ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरेर मादी–५ तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । आरोपीहरुले चोरेको करिब १२ लाख मुल्य पर्ने पाइप प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई कसेरीबाट पक्राउ गरिएको डिएसपी तिवारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप