सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गीत, संगीत तथा साहित्यका माध्यमबाट संस्कृति स्थापित गर्न आवश्यक : उपराष्ट्रपति

आइतबार, ०९ असोज २०७९, २१ : १७
आइतबार, ०९ असोज २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । आइतवार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण  र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताए । उनले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धन अनिवार्य रहेको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण रहेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताए ।  (न्युज एजेन्सी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप