न्यूरोडमा फूलपातीसम्म सवारी प्रवेश निषेध
काठमाडौंको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो ।
घटस्थापना, षष्ठी र फूलपातीमा मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
चार पांग्रे सवारी साधनलाई असोज ८ (शनिवार) देखि नै प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हुने भिडभाड कम गराउन बिहान १० बजेबाट सवारी प्रवेशमा रोक लगाइएको डिआइजी चौधरीले बताइन् । उनले भनिन्–‘साँझ अवस्था सामान्य नहुँदासम्म प्रवेशमा रोक लगाएका छौं ।’
भोटाहिटी र जमल चोकबाट भित्र सवारी प्रवेश अनुमति दिँदा अत्यधिक जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । दसैँभर न्यूरोड, भोटाहिटी र जमल चोकबाट भित्र जानेहरूले खुल्लामञ्चमा पार्किङ गरेर जानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा