रुपन्देही प्रहरीको चाडपर्व लक्षित योजना
![रुपन्देही प्रहरीको चाडपर्व लक्षित योजना](https://rpcdn.ratopati.com/media/albums/lumbini-police_zTL9VcRTBS.jpg)
रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । चाड पर्वमा सम्भावित अपराधिक घटना नियन्त्रण तथा दुर्घटना रोक्न, प्रहरीको कामलाई प्रभावकारी बनाउन १ हजार २ सय ४८ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
अरुबेला भन्दा चाडपर्वमा सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको रेग्मीले बताए । अवैध गतिविधि गर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गर्नेगरी प्रहरी चौबीसैं घण्टा आम नागरिकको सुरक्षामा खट्ने उनको भनाई छ । आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्किने नेपालीहरूमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य प्रहरीले शुरु गरेको उनले बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा रेग्मीले जिल्लामा यात्रुको सहजताका लागि सहजीकरण गर्न जिल्लाको बेलहिया, भैरहवामा यात्रु सहायता कक्ष स्थापना गरिएको रेग्मीले बताए । भारतबाट आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भनेर पोशाकका प्रहरी परिचालन गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता