बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नाडा ईभी अटो शो सम्पन्न, ३० हजारले गरे प्रदर्शनीको अवलोकन

आइतबार, ०९ असोज २०७९, २० : ०२
आइतबार, ०९ असोज २०७९

नेपालकै पहिलो ईभी अटो शो, २०२२ सम्पन्न भएको छ । गत बिहीबारदेखि काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपमा जारी अटो शो आज आइतबार सम्पन्न भएको हो । 

चार दिनसम्म चलेको अटो शोमा ३० हजार अवलोकनकर्ताहरुले प्रदर्शनीको अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । यस्तै उक्त प्रदर्शनीमा ५०० हाराहारीमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीको बुकिङ समेत भएको अनुमान नाडाको रहेको छ ।

अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डको उत्साहपूर्ण सहभागिता रहेको थियो भने थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्था समेतले गरी कुल ५१ कम्पनीले भाग लिएका थिए । अहिलेको कठिन समयका बाबजुद पनि आयोजना गरिएको पहिलो ईभी शोमा सोचेभन्दा पनि राम्रो उपलब्धी भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । 

'गत दुई वर्ष कोभिडका कारण अटो शो गर्न पाएनौं । यस वर्ष भदौ ७/१२ गतेसम्म नाडा अटो शो आयोजना गर्ने निर्णय गरेका थियौं । तर, गाडी आयातमा प्रतिबन्ध लगाउने सरकारी नीतिका कारण सो अटो शो पनि आयोजना गर्न पाएनौं । अन्ततः केही न केही गर्ने अठोटका साथ ईभी शो गर्ने निर्णय गर्यौ। धेरै आशंका र त्रासकाबीच ईभी शो निकै उपलब्धिमुलक भएको छ । सफल भएको छ, हामी धेरै खुशी छौ' अध्यक्ष थापाले भने ।

उसो त दसैं अघि नाडा अटो शो रोकिए पनि जनवरी फेब्रुअरीमा अर्को अटो शो गर्ने तयारीमा समेत नाडा रहेको उनले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप