शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले एमालेको भूमिका निर्वाह गरी रहेकी छिन् : दिपशिखा

आइतबार, ०९ असोज २०७९, १९ : ०९
आइतबार, ०९ असोज २०७९

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् योङ कम्युनिस्ट लिग (वाइसिएल)का इन्चार्ज रामप्रसाद सापकोटा‘दीपशिखा’ले राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका निर्वाह गरेको बताएका छन् । वाइसिएलको कर्णाली प्रदेश स्तरीय बैठकमा बोल्दै सापकोटाले राष्ट्रपति भण्डारीले संविधानको संरक्षकको भूमिका निर्वाह नगरेका बताए । 

नागरिकता विधेयक राष्ट्रघाती नभएको बताउँदै सापकोटाले अंगिकृतलाई नागरिकता दिने नभई आमाबाबु नभएकाहरुलाई नागरिकता दिन ल्याएको बताए । नागरिकता विधेयक पारित भएमा नागरिकता नपाएका लाखौं आमाबाबु नभएकाले नागरिकता पाउने सापकोटाको भनाई छ ।

यस्तै केपी शर्मा ओली हावा भरिएको बेलुनमाथि उडेर जमिनमा अरूलाई खिसिटिउरी गरिरहेको सापकोटाले बताए । ‘केपी ओली हावा भरिएको बेलुनमाथि उडेर जमिनका हामीलाई खिसिट्युरी गरी रहेका छन् । मंसिर ४ को चुनावी काँडोले उनी सवार बेलुन फुट्छ र उडिरहेका ओली जमिनमा पछारिन्छन्’ सापकोटाले भने, ओली कमरेड पराजित मानसिकताले चिच्याइरहेका छन् । एमालेले अन्यत्र बिग्रिएका मानिसहरू प्रवेश गराएर मदन भण्डारीमाथि मज्जाक गरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप