बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल स्पोट्स फेलोशिप र चर्च ब्वाइज युनाइटेडबीच सहकार्य

आइतबार, ०९ असोज २०७९, १९ : ००
आइतबार, ०९ असोज २०७९

सहिद स्मारक ‘ए’ डिभिजन लिगका नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले ‘ए’ डिभिजन लिगको लागि तयारी थालेको छ ।​ भेल्पा, ललितपुरस्थित नेपाल स्पोट्स फेलोशिप र चर्च ब्वाइज युनाईटेडबीच आइतबार सहकार्यको सम्झौता  भएको हो ।

सम्झौता अनुसार नेपाल स्पोट्स फेलोशिपले लिग वा अन्य खेल दौरान अभ्यासका लागि निःशुल्क खेल मैदान उपलब्ध गराउने छ । नेपाल स्पोट्स फेलोशिपले आफ्नो विज्ञापनको लागि चर्च ब्वाइजको खेलाडी प्रयोग गर्न पाउने छ ।

चर्च ब्वाइजले आफ्नो जर्सीमा नेपाल स्पोट्स फेलोशिपको लोगो समावेश गर्ने छ र क्लबले फोटो(भिडियोहरुमा, होर्डिब बोर्डहरुमा, स्टेजहरुम फेलोशिपको लोगो समावेश गर्ने छ । एक कार्यक्रमबीच सम्झौता पत्रमा नेपाल स्पोट्स फेलोसिपका अध्यक्ष पृथ बहादुर राई र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबका अध्यक्ष टंकलाल राईले हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप