शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा को–को परे थारु कोटाबाट ?

आइतबार, ०९ असोज २०७९, २२ : ५९
आइतबार, ०९ असोज २०७९

नेपाली कांग्रेसले निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा थारु कोटाबाट ६ जनाको नाम समावेश भएको पाइएको छ ।

दाङका योगेन्द्र चौधरी र सुनसरीकी कल्पना चौधरी, नवलपरासीकी विना कुमारी थनेत समानुपातिक सूचीमा सामेल छन् । कैलाली जिल्लाका ३ जनाको नाम समानुपातिक सूचीमा छ । कैलालीबाट समावेश हुनेमा खेम डंगौरा चौधरी, रामकुमारी चौधरी र जीवन राना छन् ।

सूचीमा योगेन्द्र चौधरी ९५औं नम्बरमा छन् । तर उनी थारु कोटाबाट एक नम्बरमा रहेको स्रोतको दाबी छ । सूचीको ९८ औं नम्बरमा रहेका कांग्रेस कैलाली उपसभापति डंगौरा चौधरी भने थारु कोटाको दोस्रो नम्बरमा छन् । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताए ।

कांग्रेसले समानुपातिकतर्फ ११० जनाको सूची आयोगमा बुझाएको छ । जसमा नेता विमलेन्द्र निधि पहिलो नम्बरमा छन् । सूचीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासमेत सामेल छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप