शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा डेंगुबाट २९ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

आइतबार, ०९ असोज २०७९, १८ : २५
आइतबार, ०९ असोज २०७९

नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको हो ।

यस्तै नेपालमा साढे २४ हजार जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये सवैभन्दा बागमती प्रदेशमा १९ हजार रहेका छन् । यस्तै लुम्बिनीमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५३७, मधेश प्रदेशमा ३ सय २३, कर्णालमा २ सय ३० जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप