ज्ञान विज्ञान विकसित गर्ने संस्थालाई बेवास्ता नगरौं : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने बताएका छन् । छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलबभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवी रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने उनको भनाई छ ।
नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । उनले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरू नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए । त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको उनको दाबी छ ।
‘देशको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा पनि मैले अघि सारेको थिएँ, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना पनि मैले नै गरेको हो, त्यति बेला संसद् नभएकाले गठन आदेशबाट गरियो, त्यसपछि प्रत्येक सरकार आउने भकुण्डो बनाउने काम भयो,’ डा. भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार