सकियो ‘टोनक बैना (सैमी)’ को छायांकन
आइतबार, ०९ असोज २०७९, १८ : ०९
उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘टोनक बैना (सैमी)’ को छायांकन सकिएको छ । निर्देशक सुब्बाले सामाजिक संजाल मार्फत फिल्मको छायाँकन सकिएको जानकारी दिएका हुन् ।
प्रेमकथामा निर्माण भएको फिल्मको काठमाडौंंको जर्सिङपौवामा गरिएको थियो । गौरव पहारी, अर्जन गुरुङ, बुद्धि तामाङ, अम्बिका राई, प्रितिका शर्मा सुरवीर पण्डितलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म अम्बिका राईले निर्माण गरेकी हुन् । माता सुमित्रा फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।
निर्देशक सुब्बा निर्देशित पछिल्लो फिल्म ‘आकाशे खेती’ केही अगाडि प्रदर्शनका आएको थियो । फिल्मले बक्स अफिसमा व्यवसायिक सफलता भने हात पार्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का