मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

आइतबार, ०९ असोज २०७९, १८ : ०२
आइतबार, ०९ असोज २०७९

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।

संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप