२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ०९ असोज २०७९, १७ : १५

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ, नदिए भन्सारमा बुझाउँछ
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एक महिनादेखि थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरु)