शिशिर र कोमलको आवाजमा नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।  गीतमा स्व.भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्ने प्रयास गरिएको छ । गीतमा गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर, बुद्धिमान परियारको शब्द तथा शिव गौतमको संगीत सुन्न सकिन्छ ।


सार्वजनिक गीतको भिडियोमा कलाकार सुमन कार्कीले स्व. भण्डारीको अभिनय गरेका छन् भने कलाकार सारिका प्रसाईंले विद्यादेवी भण्डारीको भूमिका निर्वाह गरेकी छिन् । भिडियोमा विशेष गरेर भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका, ढुंगेसाँघुस्थित रहेको उनको जन्म घर र पछि बसाइँ सरी आएको मोरङको उर्लाबारीलगायतका स्थानका स्थान समेटिएको छ ।



गीतको भिडियोमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू देवराज घिमिरे, गुरु बराल, मैवाखोला गाउँपालिकाका पूर्व पालिका अध्यक्ष राजन थत्लुङको शुभकामना सन्देशसमेत समेटिएको छ। 



डिलाइट क्रिएशन कम्पनीमार्फत सञ्चालिन ‘नेपाल विशेष’को अफिसियल यू–ट्युव च्यानलमार्फत सार्वजनिक गीतको भिडियोलाई दिपेन बस्न्यात र रेहम दर्लामी मगरले छायांकन गरेका हुन् । गीतको भिडियोलाई दिपेन बस्न्यात स्वयंको सम्पादन रहेको छ ।

भिडियो :

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।