संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे । उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहेपनि नेपालमा भने त्यो हुन नसकेको बताए । उनले कतिपय नीतिहरु संघीय संरचनाअनुरुप परिवर्तन गरेर जान नसक्दा धेरै समस्याहरु आएको बताए । उनले आउने निर्वाचित सरकारले नीतिहरु परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव रहेको बताए । उनले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो हुने बताए ।
मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्नेकुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने दाबी गरे । न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर