‘प्रेमगीत ३’ को विवादास्पद समाचारप्रति बोर्डको ध्यानाकर्षण

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’ को सरोकारवालाले हिन्दी स्वरांकनको बिषयलाई लिएर बोर्डका पदाधिकारी तथा सदस्यहरूप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादास्पद समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


अध्यक्ष भुवन केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’ को कर चुक्ता नै नभएका कारण हिन्दी स्वरांकनलाई अनुमति नदिइएको समेत स्पष्ट गरिएको छ । कर चुक्ता हुनासाथ पुनः स्वरांकनको अनुमति शुक्रबार दिएको र आइतबार सेन्सर सिफारिसका लागि निवेदन दिएको समेत बोर्डले जनाएको छ ।



यस बिषयमा सञ्चारमाध्यममा आएका खबरहरूलाई लिएर बोर्डले खेद प्रकट गरेको छ । साथै, आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिका टिप्पणी गर्दा सत्य तथ्यका आधारमा रही गर्न समेत बोर्डले सबैलाई आग्रह गरेको छ । 
यस्तो छ बोर्डको विज्ञप्ति



 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।