शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४ अर्ब १८ करोडले घट्यो स्मार्टफोन आयात

आइतबार, ०९ असोज २०७९, १५ : ३३
आइतबार, ०९ असोज २०७९

चालू आर्थिक वर्ष २०७/८० को २ महिनाको अवधिमा ६ अर्ब १८ करोड रुपैयाँको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याँकअनुसार साउन र भदौ महिनाको अवधिमा जम्मा ६ अर्ब रुपैयाँको मोबाइल भित्रिएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भारतबाट १० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको थियो । उक्त अवधिमा १४ लाख ९८ हजार स्मार्टफोन भित्रिएको थियो । यसबापत राज्यले १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

विभागले यस अवधिमा ४ लाख ३८ हजार वटा मोबाइल भित्रिएको छ । यस्तै, यसबापत राज्य कोषमा १ अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । खासगरी, सरकारले विदेशबाट ३०० अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयात प्रतिबन्ध लगाएको छ ।

विदेशी मुद्राको विनिमयदर रित्तिएको र त्यसलाई जोगाउन भन्दै विलाशिताका वस्तुहरूको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोही निर्णयबाट मोबाइललाई समेत विलासिताका वस्तुको सूचीमा राखेर सरकारले आयात प्रतिबन्ध लगाएपछि आयात घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप