मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख र उपसभामुखको कार्यकालबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

आइतबार, ०९ असोज २०७९, १५ : २७
आइतबार, ०९ असोज २०७९

सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ । आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । 

यस्तै इजलासले रिटलाई अग्राधिकार दिएको छ । अधिवक्ता जगन्नाथ दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप