मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेप्से सूचक १८ सय १५ मा झर्‍यो

आइतबार, ०९ असोज २०७९, १५ : २४
आइतबार, ०९ असोज २०७९

सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३.८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो ।  आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.५४ प्रतिशतले, म्यानु एण्ड प्रो १.८१ प्रतिशतले, ट्रेडिङ १.९२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.५२ प्रतिशतले घटेका छन् । अन्य समूहहरु १ प्रतिशत भन्दा कमले घटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप