विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध मुद्दा
आइतबार, ०९ असोज २०७९, १५ : २०

राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध ४३ हजार रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको छ । विभागले नवलपरासी सरावल गाउँपालिकाका आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा दायर गरेको हो ।
कलवरले विदेशी विनिमयको अपचलन गरेको भन्दै धादिङ सिम्ले अस्थायी प्रहरी चौकीले पत्र पठाएको थियो । सोही पत्रअनुसार, कलवारलाई पक्राउ गरेर कारबाहीका लागि असार १४ गते विभागमा पेश गरिएको थियो ।
विभागले कलवारको साथबाट भेटिएको विदेशी मुद्राको सटहीदरअनुसार ६ ला ३५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा ओसारप्रसार गरेको पाइएको जनाएको छ । उक्त रकम बराबरको विदेशी मुद्रा जफत गरेर बिगोदाबी समेत माग गर्दै मुद्दा दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै