शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राजनीतिक संकट उत्पन्न भयो : राय

आइतबार, ०९ असोज २०७९, १५ : १४
आइतबार, ०९ असोज २०७९

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर देशमा राजनीतिक संकट उत्पन्न गराएको बताएका छन् ।

‘संविधानको रक्षक राष्ट्रपति हुन्छ, तर जो रक्षक हुन्छ उसले नै त्यसलाई उल्लघंन गर्छ भने त्यसले राजनीतिक संकट निम्त्याउन सक्छ’ नेता यादवले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या नभएर देशकै समस्या हो ।’

नागरिकता समस्या मधेशको मात्र समस्या हो भनेर कतिपयले यसबाट पन्छिन खोजेको बताउँदै उनले सरकारी तथ्यांक नै हेर्न हो भने मधेसभन्दा बढी समस्या पहाडमा रहेको उनले बताए । रातोपाटीसँगको कुराकानीमा उनले तर त्यो कुरा बाहिर नआएको दावी गरे ।

‘नागरिकता नभएपछि मान्छेको जीवनको क्रियाशीलता नै ठप्प हुन्छ, उसले केही पनि गर्न सक्दैन, अहिले समान्य भन्दा समान्य कुरामा नागरिकता खोज्न थालिएको छ, त्यसले गर्दा जोसँग अहिले नागरिकता छैन त्यसलाई जीवन जिउन निकै गाह्रो भइरहेको छ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप