शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केयूकेएलमा लफडा : सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला

आइतबार, ०९ असोज २०७९, १५ : १२
आइतबार, ०९ असोज २०७९

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा लफडा देखिएको छ । स्वतन्त्र कर्मचारी संगठनको नाममा गोपाल सिंह धामी नेतृत्वको विप्लव समर्थित कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीको हित विपरित व्यवस्थाविरुद्ध नै सिईओले गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै स्वतन्त्र कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् ।

यसअघि काँग्रेस समर्थित भनिएको सारदा कठायत नेतृत्वको लोकतान्त्रिक कर्मचारी संघले समेत आन्दोलनमा एकेवद्धता जनाएपनि अन्तमा आन्दोलनका कार्यक्रम फिर्ता लिएर बाहिरिएको थियो । तर, उपभोक्ताहरूको जनजीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो संस्थामा ताला लगाएर आन्दोलन गर्न नहुने भन्दै दुई वटा कर्मचारी संगठन काठमाडौं उपत्यका खानेपानी कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले विरोध जनाएको छ ।

दसैं तिहार जस्तो ठूलो चाडपर्वको मुखमा आन्दोलनका कार्यक्रम गर्नु कुनैपनि हालतमा सही नहुने भन्दै यी दुई संघले ताला बन्दी गर्ने कर्मचारी संगठनविरुद्ध आवाज उठाएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप