‘मलाई बान्ता मात्रै आउन बाँकी थियो’ आफ्नो गीतको रिमिक्स बनाउँदा नेहा कक्करमाथि भड्किइन् फाल्गुनी पाठक
बलिउडकी चर्चित गायिका नेहा कक्कडले ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गाएपछि चर्चामा आएकी छिन् । ९० को दशकको चर्चित गीतको रिमिक्स भर्सन गाएपछि नेहा सोसल मिडियामा बेस्सरी ट्रोल भएकी छिन् । नेहा कक्कडले गाएपछि यो गीतको वास्तविक गायिका फाल्गुनी पाठक पनि रुष्ट छिन् ।
नेहा कक्कडमाथि भड्किइन् फाल्गुनी पाठक
फाल्गुनी पाठकले नेहा कक्कडको ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गीतमा आश्चर्यचकित प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘मेने पायल हे छनकाईको रिमिक्स भर्सनले गीतको ओरिजिनालिटीलाई फेरिदिएको छ । साथै गीतको इनोसेन्स, फिलिङ्ग्स र एसेन्सलाई पनि नष्ट गरिदिएको छ ।’
फाल्गुनी पाठकले दिल्ली टाइम्ससँग कुराकानीमा नेहा कक्कडको रिमिक्स भर्सनमा भनिन्, ‘मलाई रिमिक्स भर्सनबारे ३–४ दिन अघि थाहा भयो । पहिलो प्रतिक्रिया त फिटिक्कै राम्रो थिएन । मलाई बान्ता मात्रै आउन बाँकी थियो । यस्तै भएको थियो ।’
फाल्गुनी पाठकले थपिन्, ‘भिडियो र पिक्चराइजेशनमा जुन अबोधपन थियो, त्यसको त पूरा सत्यानास नै पारियो । रिमिक्स गरिँदै छ तर त्यसलाई डिसेन्ट तरिकाले गर्न सकिन्छ नि । यदि तपाईं युवापुस्तामाझ पुग्न चाहनुहुन्छ भने गीतको रिदम फेरिदिनुहोस् तर यसलाई सस्तो नबनाउनुहोस् । गीतको जुन ओरिजिनालिटी छ, फिलिङ्ग्स छ, एसेन्स छ.... इनोसेन्स छ त्यसलाई यथावत् राख्नुहोस् । गीतको ओरिजिनालिटीलाई नष्ट नगर्नुहोस् ।’
नेहा कक्कडले पनि दिइन् जवाफ
नेहा कक्कडले पनि फाल्गुनी पाठक र नकारात्मक कमेन्ट गर्नेहरुलाई जवाफ फर्काएकी छिन् । नेहाले एउटा पोस्ट सेयर गरेर लेखेकी थिइन्, ‘मैले जीवनमा जे हासिल गरेँ, त्यो दुनियाँको निकै कमको मात्रै भाग्यमा हुन्छ । त्यो पनि कम उमेरमा चर्चा, अनगिन्ती सुपरहिट गीत, सुपरडुपर हिट टिभी शोज, विश्व भ्रमण, बालबच्चादेखि ७०–८० वर्षसम्मका फ्यान र अरु धेरै । यो सबै मैले कसरी पाएँ भन्ने तपाईंलाई थाहा छ ? क्षमता, अत्यधिक मेहनत, प्यासन र सकारात्मकताको दममा मैले यो सबै पाएँ । मसँग आज जे पनि छ, त्यसका लागि म भगवानप्रति आभार व्यक्त गर्दछु । म भगवानको विशेष बच्चा हुँ र यसका लागि सबैलाई धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !