कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न
![कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न](https://rpcdn.ratopati.com/media/albums/IMAGE_1_IEZdaXQ77T.jpg)
कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ । जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे ।
इजराइलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित आराभा नेपाल मोडर्न एग्रिकल्चरले एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्दै आइरहेको छ । साथै कम्पनीले आफ्नो सहायक कम्पनी ए. एन. एम. सि. एग्रो प्रा. लि. मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिंचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन