शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुएलामा बाढी : धार्मिक समारोहमा सहभागी ७ जनाको मृत्यु

आइतबार, ०९ असोज २०७९, १३ : ३७
आइतबार, ०९ असोज २०७९

भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका छन् । प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमा जानकारी दिएका छन् ।

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केही उपासकहरूलाई एक्कासि पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताए । उनले भने, ‘अहिलेसम्म ७ वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं । 

कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीजको एक क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ, जसका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ मौसमी घटनासँग जोडेका छन्, जुन प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको विसंगतिको कारण हुने गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप