शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वमा हरेक वर्ष एक अर्ब टनभन्दा बढी खाद्यान्न खेर जान्छ, करिब १० % ले भने खानै पाउँदैनन्

आइतबार, ०९ असोज २०७९, १३ : २९
आइतबार, ०९ असोज २०७९

सन् २०२२ मा युक्रेन र रुस युद्धले विश्वमा भोकमरीको संख्या बढेको छ । एक अनुमान अनुसार आजको अवस्थामा विश्वका ८१.१ करोड मानिससँग खाना छैन । यो संख्या कुल जनसंख्याको १० प्रतिशत हो । करोडौं जनताले खाना  पाएका छैनन् भने अर्कोतिर वार्षिक १३ अर्ब टन खाद्यान्न खेर गइरहेको छ । यदि हामीले खाद्य हानि र फोहोरलाई एक देशको रूपमा हेर्ने हो भने यो पृथ्वीमा ग्रीनहाउस ग्यास उत्सर्जनको तेस्रो ठूलो स्रोत हुनेछ । अर्थात्, यसका कारण पर्यावरणको सन्तुलन पनि बिग्रिँदै गइरहेको छ ।

यो विषय गम्भीर छ र देश–दुनियाँका लागि चुनौती पनि हो, यसबारे जनचेतना फैलाउन आवश्यक छ । त्यसैले संयुक्त राष्ट्र संघले हरेक वर्ष सेप्टेम्बर २९ का दिनलाई ‘इन्टनेशनल  डे अफ अवेयरनेस अफ फूड लस एन्ड वेस्ट’ को रुपमा मनाउने गर्छ ।

– संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी) को आँकडाका अनुसार सन् २०२१ मा विश्वभरी ९३.१ लाख टन खाना फोहोरमा मिसिएको छ । यीमध्ये धेरैजसो अर्थात् ५६.९ लाख टन फोहोर हाम्रो घरबाट निस्किएको छ ।

– खाद्य सेवा र खुद्रा क्षेत्रबाट क्रमशः २४.४ र ११.८ लाख टन फोहोर निस्किएको छ । विकासशील र आर्थिक रुपमा कमजोर देश पनि यसमा खासै पछाडि छैन ।  

हाम्रो नचाहिने ‘उपलब्धि’

खाद्य फोहोरको एउटा ठूलो हिस्सा हाम्रो घरबाट नै निस्कन्छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदनले हरेक वर्ष घरबाट निस्कने खाद्य फोहोर हरेक वर्ष बढिरहेको छ ।

यस मामिलामा पहिलो नम्बरमा चीन आउँछ, जहाँ २०२१ मा करिब ९.१६ करोड टन खाद्यान्न फोहोरमै फ्याँकियो । भारत दोस्रो नम्बरमा छ, जहाँ ६.८७ करोड टन खाद्यान्न खेर गयो । अमेरिकी घरपरिवारले १.९ करोड टन खाद्य फोहोर निकाले जबकी जापान, जर्मनी र फ्रान्सका घरमा क्रमशः ८१ लाख टन, ६२ लाख छन र ५५ लाख टन खाना बर्बाद भयो । रिपोर्टलाई विश्वास गर्ने हो भने वार्षिक पुरा विश्वभरी जति खाना बर्बाद हुन्छ, त्यो भारतमा वर्षभरी (२०१९–२०) मा उब्जनी भएको तैलीय बिउ–बिजन, उखु र हर्टिकल्चर उत्पादनको बराबर हो ।

प्रतिव्यक्ति वार्षिक खाद्यान्नको बर्बादीलाई हेर्दा एक भारतीयले औसतमा ५० केजी खाना खेर फाल्छ । सन् २०२१ मा चीनमा एक व्यक्तिले ६४ किलो खाना फोहोरमै फालेका थिए । यसमा अष्ट्रेलिया अगाडि छ, जहाँ एक व्यक्तिले वार्षिक १०२ किलो खाना खेर फाल्ने गरेको छ ।

खाद्य फोहोर सबैभन्दा बढी हाम्रो घर र रेष्टुरेन्टबाट निस्कन्छ । दुध, कफी, स्याउ, पाउरोटी, आलु, पास्ताजस्ता खाना रेष्टुरेन्टमा बढी फ्याँकिन्छ । त्यसकारण, फास्ट फूड वस्तुहरू र फ्रोजन खाद्य वस्तुहरूमा लेबलहरू ध्यानपूर्वक पढ्नुहोस् र आवश्यक मात्रा मात्र किन्नुहोस्।

वातावरणमा प्रभाव

खानाको बर्बादीको वातावरणमा परिवर्तन नै गर्न नसकिने परिणाम हुन्छन् । यसले ग्रीनहाउस ग्याँस उत्पन्न हुन्छ । वास्तवमा जब खाना फोहोरको डिब्बामा फ्याँकिन्छ र त्यसलाई ल्यान्डफिल क्षेत्रमा फालिन्छ तब त्यो जमिनभित्र गएर सड्न थाल्छ ।  

यसबाट मिथेन, कार्बनडाइअक्साइड र क्लोरोफ्लोरोकार्बनजस्ता ग्यास उत्पन्न हुन्छ जसले ग्लोबल वार्मिङ बढ्छ । ल्यान्डफिलमा सड्ने खानाले नाइट्रोजन प्रदुषण पैदा गर्छ जसले जमिनको उब्जनी नष्ट हुन्छ ।

खानाको बर्बादी कसरी कम गर्ने ?

खानाको बर्बादी रोक्ने तीन महत्वपूर्ण सूत्र छन् – रियुज, रिड्युस र रिसाइकलिङ । खाद्य पदार्थलाई पुनः उपयोगमा ल्याउने, त्यसको बर्बादी रोक्नुका साथै रिसाइकलिङमा ध्यान दिन आवश्यक छ । यसबाहेक यी तरिकाले पनि तपाईं आफ्नो घरबाट निस्कने खाद्य फोहोरलाई घटाउन सकिन्छ ।

१. ताजा र अत्यावश्यक वस्तु मात्रै किन्नुहोस्

यो सरल नियममार्फत् तपाईं अतिरिक्त खाद्य पदार्थ किन्नु हुँदैन । सुपरमार्केट वा किराना पसलबाट आवश्यक पर्ने कुरा मात्र किन्नुहोस् । एक हप्ताको लागि तरकारी भण्डारण गर्न आवश्यक छैन । त्यसो गर्नाले तरकारीको शेल्फ लाइफ घट्नेछ र तीमध्ये धेरैजसो फोहोरको भाँडोमा जान्छन् । ताजा तरकारी र फलफूल किन्नुहोस् । खाना पकाउँदा पनि ध्यान दिनुहोस्, ताकि थोरै फ्याँकियोस् ।

२. फ्रीजरको प्रयोग गर्नुहोस्

बाँकी रहेको खाना पुनः प्रयोग गर्न सकिन्छ, यसलाई हावा नपस्ने भाँडोमा भण्डार गर्नुहोस् र यसलाई फेरि प्रयोग गर्न फ्रीजरमा राख्नुहोस् ।

३. भोकाहरूलाई खुवाउनुहोस्

हामीले फ्याँक्ने अधिकांश खानेकुरा खान योग्य हुन्छ । आफ्नो वरपर भोका वा असहाय मानिसहरूलाई बाँकी भएको खाना पुर्याइदिनुहोस् । यसका लागि स्थानीय तहमा सक्रिय संघसंस्थाको सहयोग लिन सकिन्छ । व्यक्तिले आफ्नो वरिपरि वा समाजमा एउटा संगठन बनाउन सक्छ, जसले घरबाट निस्कने बाँकी खाना खराब हुनुभन्दा अघि आवश्यकतामा परेकाहरुसमक्ष पुर्याउन सकियोस् ।

४. जनावरहरूलाई खुवाउनुहोस्

बचेको खाना जनावरहरूलाई खुवाउनु पनि राम्रो विकल्प हो । यसरी खाना ल्यान्डफिलमा गएर नष्ट हुनेछैनन् ।

५. मल बनाउनुहोस्

सबैले आफ्नो स्तरमा यो गर्न सक्छन् । मलले खेर गएका खानालाई ल्यान्डफिलमा प्रवेश हुनबाट मात्रै रोक्दैन, यसले माटो र पानीको गुणस्तर पनि सुधार्न सक्छ जसले भविष्यका बाली बढाउन मद्दत गर्नेछ । भात, तरकारी, बाँकी भएको खाना, प्रयोग गरिएको चियापत्ती, अण्डाको बोक्रा, सीफूड, पेपर टावेलजस्ता चिजबाट मल बनाउन सकिन्छ ।

६. औद्योगिक प्रयोग

केही खाद्य फोहोरहरू जैव इन्धन र जैविक उत्पादनहरू बनाउन प्रयोग गर्न सकिन्छ । सौर्य ऊर्जा र वायु ऊर्जा हाम्रा वैकल्पिक ऊर्जा स्रोतहरू हुन् । अमेरिकाजस्ता धेरै देश खाद्यान्नको फोहोरबाट जैविक इन्धन बनाउने काममा लागेका छन् ।

परिवर्तन हुन सक्छ

धेरै देशहरूले खाद्य फोहोर कम गर्न अत्यधिक प्रभावकारी तरिकाहरू खोजिरहेका छन् र हामीले उनीहरूको प्रयासबाट धेरै कुरा सिक्न सक्छौँ ।

द. कोरिया : जति धेरै फोहोर, उति बढी शुल्क

केवल चार वर्षमा, दक्षिण कोरियाको राजधानीले खानाको फोहोरलाई १० प्रतिशत वा दिनको ३०० टनले घटाएको छ । यो कसरी भयो ? यसका लागि जनतालाई अतिरिक्त शुल्क लगाइएको छ । फोहोरको मात्राका आधारमा शुल्क तोकिएको छ । खाद्यान्नको बर्बादी नाप्न र रेकर्ड गर्न शहर वरिपरि विशेष डिब्बाहरू स्थापना गरिएको छ । नागरिकले फोहोर फालेपछि आफ्नो बिल पाउँछन् । त्यसपछि फोहोरलाई पशु आहार वा ऊर्जामा परिणत गरिन्छ ।

यदि नागरिकहरूले फोहोर फ्याँक्ने विशेष झोलाहरू किनेमा खानाको फोहोरलाई डस्टबिनमा फाल्न सक्छन् वा थोरै शुल्कमा खाद्यान्नको फोहोरलाई मल बनाउने भाँडोहरुमा सार्न सक्छन् । जब मानिसहरूले आफ्नो फोहोरको लागि तिर्नुपर्छ, तिनीहरू खाना बर्बाद नगर्न उत्प्रेरित हुन्छन् ।

जापान : छुट, बोनस र जागरूकता

धेरै समृद्ध देशहरू जस्तै जापानमा पनि खाद्यान्नको फोहोरको गम्भीर समस्या छ । उनीहरु सँग खाँचोमा परेकाहरुको संख्या पनि बढ्दै गएको छ । तिनीहरूसँग खेतीपाती र ल्यान्डफिल्डको लागि धेरै जमिन छैन । सन् २००० को शुरुवात देखि यो समस्या समाधान गर्न धेरै पहल गरिएको छ ।

जापानमा एक राष्ट्रिय खाद्य बैंक संगठन ‘सेकेन्ड हार्भेस्ट’ हो जुन किराना पसल र अन्य खुद्रा विक्रेतासँग खाद्य पदार्थ बचाउने र आवश्यकतामा परेका मानिसहरुलाई यो छिट्टै वितरण गर्नका लागि समर्पित छ । मिति अघि नै सबैभन्दा राम्रो खानाको खरिदमा बोनस पोइन्ट पनि दिइन्छ ।

फ्रान्स : बिग्रनु अघि दान दिनुहोस्

फ्रान्सेली सरकारले सन् २०१६ देखि अनिवार्य रूपमा किराना पसलहरूमा खाद्यान्नको फोहोरमा प्रतिबन्ध लगाएको थियो । यसअन्तर्गत किराना पसलमा रहेका खाद्यवस्तु, जसको म्याद सकिने मिति अर्थात् बिग्रिएको मिति नजिक छ, समयमै दान गरिएको थियो । यसअघि यस्ता खानेकुरा पनि बिग्रिएका सामग्रीसँगै फ्याँकिने गरिन्थे । अब यो कानुन उल्लंघन गर्ने किराना पसलका सञ्चालकलाई ठुलो जरिवानासहित जेल सजाय हुन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप