संविधान : बाँदरको हातमा नरिवल ! (कार्टुन)

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा गरेपछि देश चुनावमय भएको छ । समानुपातिकको मनोनयन गर्दा सुरु भएसँगै प्रतिनिधिसभाको कार्यकाल पनि सकिएको छ ।  यहीबीचमा राज्यका विभिन्न अङ्ग अस्तब्यस्तको अवस्थामा देखिएका छन् । यतिबेला राज्यका विभिन्न अङ्गका गतिविधि संवैधानिक कि असंवैधानिक भन्नेबारे बहस चर्किएको छ । त्यसो त, सबैले आफू संविधान, विधि र प्रक्रियाबाट बाहिर नगएको दाबी गरिरहेका छन् । तर त्यो दाबीमाथि पनि सशक्त प्रश्न उठिरहेको छ । मुलुक नै दुई पक्षमा विभाजित हुँदै गएजस्तो अनुभूति भइरहेको छ । 


उसो त राष्ट्रपतिले संविधानतः प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक समेत प्रमाणीकरण गरिनन् । यस्तै महाभियोग प्रकरणबारे पनि उस्तै प्रश्न उठिरहेको सन्दर्भमा संविधान, विधि र प्रक्रियामाथि भएको अराजकताका विषयमा कार्टुनिष्ट उमेशचन्द्र अधिकारीको यो कार्टुन हेर्नुहोस्ः 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।