बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा ३ लाख ४५ हजार मतदाता कायम

आइतबार, ०९ असोज २०७९, १० : ५४
आइतबार, ०९ असोज २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८ जना मतदाताले भाग लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रो लिङ्गी तर्फ १६ जना मतदाता कायम भएका हुन् ।

चार सङ्घीय निर्वाचन क्षेत्र, आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कुल मतदानस्थल एक सय ६७ र मतदान केन्द्र चार सय १२ वटा कायम भएको निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए । उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ४४ हजार ९९, महिलातर्फ ३३ हजार पाँच सय ७८ र तेस्रो लिङ्गी दुई गरी ७७ हजार आठ सय ७९ मतदाता छन् । यो क्षेत्रमा ३४ वटा मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

यसैगरी  क्षेत्र नं २ मा पुरुषतर्फ ४९ हजार ७५, महिलातर्फ ३७ हजार आठ सय ८७ र तेस्रो लिङ्गी चार गरी ८६ हजार नौ सय ६६ मतदाता छन् । यो क्षेत्रमा ३८ मतदानस्थल र एक सय तीन मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ५१ हजार तीन सय ६६, महिलातर्फ ३९ हजार ६२ र तेस्रो लिङ्गी चार गरी ९० हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ मतदानस्थल र एक सय नौ मतदान केन्द्र छन् । क्षेत्र नं ४ मा पुरुषतर्फ ५० हजार तीन सय ६४, महिला ४० हजार चार सय ८१ र तेस्रो लिङ्गी छ गरी ९० हजार आठ सय ५१ मतदाता रहेको र ४८ मतदानस्थल र एक सय १२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।  जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार आठ सय ५१ छन् ।

यसैगरी आठवटा क्षेत्र रहेको प्रदेशसभामा क्षेत्र नं १ को (क)मा पुरुष २२ हजार पाँच सय ६१, महिला १६ हजार चार सय ५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदानस्थल र ४५ मतदान केन्द्र छन् । क्षेत्र नं १ (ख) मा पुरुष २१ हजार पाँच सय ३८, महिला १७ हजार एक सय २३, तेस्रो लिङ्गी दुई गरी कुल ३८ हजार छ सय ६३ मतदाता छन् भने १२ वटा मतदानस्थल र ४३ मतदान केन्द्र रहेको जनाइएको छ । 

क्षेत्र नं २ (क) मा पुरुष २४ हजार त सय ३१, महिला १९ हजार दुई सय ११, तेस्रो लिङ्गी दुई गरी कुल ४३ हजार आठ सय ४४ मतदाता रहेको र २१ मतदानस्थल तथा ५२ मतदान केन्द्र छन् । क्षेत्र नं २ (ख) मा पुरुष २४ हजार चार सय ४४, महिला १८ हजार छ सय ७६, तेस्रो लिङ्गी दुई गरी ४३ हजार एक सय २२ मतदाता रहेको र १७ वटा मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।

 क्षेत्र नं ३ (क) मा पुरुष २४ हजार नौ सय ३०, महिला १९ हजार चार सय ६२, तेस्रो लिङ्गी एक गरी ४४ हजार तीन सय ९३ मतदाता छन् भने २२ मतदानस्थल र ५१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (ख) मा पुरुष २६ हजार चार सय ३६, महिला १९ हजार छ सय, तेस्रो लिङ्गी तीन गरी ४६ हजार ३९ मतदाता, २५ मतदानस्थल र ५८ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ (क) मा पुरुष २३ हजार नौ सय दुई, महिला २० हजार दुई सय ७२ र तेस्रो लिङ्गी तीन गरी ४४ हजार एक सय ७७ मतदाता, २५ मतदानस्थल र ५५ मतदान केन्द्र छन् । क्षेत्र नं ४ (ख) मा पुरुष २६ हजार चार सय ६२, महिला २० हजार दुई सय नौ, तेस्रो लिङ्गी तीन गरी ४६ हजार छ सय ७४ मतदाता, २३ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप