मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा एकैदिन मापसे गरी सवारी साधन चलाउने २२३ जना समातिए

आइतबार, ०९ असोज २०७९, १० : ४५
आइतबार, ०९ असोज २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारवाही गरेको छ । 

उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारवाही गरेको थियो । 

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् । यस्तै २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप