बालकथा : गधाको भारी

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

कतिपय मानिसको बानी तत्काललाई मात्र हेर्ने वा सोच्ने हुन्छ । उनीहरूलाई तत्काल काम चले पुग्छ, पछि के हुन्छ वा हुन सक्छ भन्नेतर्फ सोच्दैनन्, सोच्न भ्याउन्नन् वा चाँहदैनन् । यदि भाइबहिनीहरूमा पनि त्यस्तो बानी छ भने राम्रो होइन है । यसले तत्कालका लागि त फाइदै होला, काम पनि चल्ला, गाह्रो अप्ठ्यारो पनि फुक्ला तर कतिबेला त्यसले पहिलेकोभन्दा पनि अप्ठ्यारो अवस्थामा पु¥याउँछ पत्तै हुँदैन । यहाँ यस्तै एउटा कथा प्रस्तुत छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रष्ट हुनेछौ ।


धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना व्यपारी बस्थे । उनको काम नुनको व्यपार गर्ने थियो । प्रत्येक दिन गोदामबाट गधालाई नुनको बोहरा बोकाएर गाउँ डुलाउँथे र घरघरमा नुन पु¥याउने गर्थे । त्यतिबेला अहिलेको जस्तो मोटर गाडी चल्दैनथ्यो । न यातायातका साधन थिए न सितिमिति पसलहरू नै पाइन्थे । व्यपारीहरूलाई कि आफैँले सामान बोकेर ग्राहकहरूका घरघरमा पु¥याउनुपथ्र्यो कि यसैगरी कसैलाई बोकाएर लानुपर्ने हुन्थ्यो । हुनेखाने वा ठूलठूला व्यपारी गधा वा खच्चडलाई सामान बोकाएर लान्थे गरीव वा स–साना व्यपारीका लागि मानिसको काँध नै भारी बोक्ने साधन बन्थे । यसैबाट गाउँलेहरूको काम पनि चल्थ्यो व्यपारीको पेशा पनि चल्दै आएको थियो ।



नुन व्यपारी हुनेखानेमै पर्थे । त्यसैले भारी बोक्नका लागि गधा पालेका थिए तर उनको गधा यति बढी अल्छी र लोते थियो कि सितिमिति हिँड्नै चाहन्नथ्यो । हिँड्नै पर्दा पनि अलङढलङ गथ्र्यो । अल्छी मानीमानी खुट्टा चलाउने गथ्र्यो । तैपनि व्यपारीले फकाएर हुन्छ कि हप्काएर हुन्छ काम चलाउँदै आएका थिए । कहिले घचेटथे, कहिले अचेट्थे । यत्तिकैमा एक दिन निकै परको अर्कै गाउँमा नुनको बोरा पु¥याउनुपर्ने भयो । बाटामा एउटा सानो खोला थियो, जसमाथि गाउँलेहरूले तर्न सजिलो होस् भनेर सानो काठेपुल बनाएका थिए । गधा भारी लिएर पुलमाथि त चड्यो तर उसको आफ्नै लोते बानीका कारण खुट्टा चिप्लेर खोलामा खस्यो । 



व्यपारीले हतपत गरी उसलाई खोलाबाट बाहिर त ल्याए तर त्यतिबेलासम्म पानीमा भिजेर नुन निकै पग्लिसकेको थियो । पारी पुगेर भारी बोक्न लाग्दा गधालाई अघिको भन्दा भारी निकै हलुङ्गो पाएर खुसी भयो र मनमनै सँधै यस्तै गर्ने निधो ग¥यो, जुन कुरा व्यपारीलाई थाहा थिएन । एक त पशुवाक्यको कुरा थियो दोस्रो अर्काको मनको कुरा थाहा पाउने कुरै भएन । 

संयोगवश त्यस दिनदेखि व्यपारीलाई लगातार त्यतैका गाउँमा नुन लिएर जानुपर्ने भयो । किनकि बस्ती बाक्लो थियो । बस्ती बाक्लो भएपछि नुनको माग बढ्ने नै भयो । जब उनी भोलिपल्ट पनि नुन लिएर जाँदै थिए त्यही पुलमा पुगेपछि गधाले जानीबुझिकनै खुट्टा चिप्ल्यायो र खोलामा खस्यो । व्यपारीले आज पनि हिजोजस्तै पहिले गधालाई उतारे अनि नुनको बोरा उतारे । त्यस दिनदेखि गधाले सँधै त्यस्तै गर्न थाल्यो ।

लगातार गधा लड्न थालेपछि व्यपारीलाई शङ्का लाग्यो । उनले सोचे सँधै यस्तो कसरी हुन्छ । एक दिन होइन, दुई दिन होइन । संयोग त कहिले कहिले पो हुन्छ त । पक्कै यहाँ गधाले चलाखी गदैछ । यस्तैयस्तै सोच्दै त्यसको भोलिपल्ट गधालाई नुनको सट्टा कपासको बोरा बोकाएर लाने निधो गरे, जुन कुरा गधालाई थाहा थिएन । उसलाई त भारी मात्र थाहा थियो कुन चीजको भारी भन्ने थाहा थिएन । उसको काम नै भारी बोक्नुथियो भने थाहा पाओस् पनि कसरी ।

सदाझैँ सोही पुलमा पुगेपछि गधा पुलबाट खस्यो । व्यपारीले पनि अघिल्ला दिनहरूमा जस्तै पहिले गधालाई पानीबाट उतारे । अनि कपासको बोरालाई सकिनसकि घिसारेर किनारमा ल्याए । त्यतिबेलासम्म कपासको बोरा भिजेर यति गह्रौँ भइसकेको थियो कि गधालाई उठाउनै मुस्किल प¥यो । उसले जेनतेन भारी बोकेर त हिँड्यो तर उसको हालत यति दयनीय भयो कि कति बेला प्राण निस्केला जस्तो भइसकेको थियो । त्यसैले त्यस दिनदेखि कहिल्यै त्यस्तो गर्ने हिम्मत त गरेन नै मनमनै आइन्दा कहिल्यै यस्तो काम नगर्ने कसम खायो ।

यसरी गधाले साहुलाई ठग्छुभन्दा आफैँ ठगिनुपर्‍यो । जहाँ पनि र जहिले पनि झुनमुटको नतीजा यस्तै हुन्छ । जति बढी अरूलाई ठग्छु भन्यो वा ठग्न खोज्यो त्यति बढी आफैँले ठगिनुपर्ने अवस्था आउँछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।