विवादमा तानियो छेलो शो
भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ विवादमा तानिएको छ । पैन नलिनको निर्देशकीय गुजराती फिल्मलाई फेडरेसन अफ वेस्टर्न इण्डिया सिने एम्प्लोइज९एफडब्लूआईसीई० ले यो फिल्मलाई यो फिल्म एकमात्र नभई धेरै विदेशी फिल्मको नक्कल भएको आरोप लगाएको छ । तर ओस्कारका लागि सिफारिस गर्ने फिल्म फेडरेशन अफ इण्डिया९एफएफआई०ले भने छनोट प्रक्रियामा विवाद नरहेको दाबी गरेको छ ।
ओस्कारमा सिफारिस गरिएका फिल्महरु कुनै पनि फिल्मबाट प्रभावित नभएको हुनुपर्नेछ । यहीकारण यसअघि फिल्म ‘गली ब्वाइ’ पनि अन्य फिल्मबाट प्रभावित भएको भन्दै ओस्कारमा नपठाउने निर्णय भएका थियो । एफडब्लूआईसीईले यो बारेमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेर फिल्मको चयन प्रक्रियामा भएको अनियमितताविरुद्ध ध्यानाकर्षण गराएको छ ।
उनीहरुले पत्रमा ‘छेलो शो’ विदेशी कम्पनीले बनाएको मात्र नभई यो फिल्मको प्रदर्शन गत वर्ष नै भइसकेको दाबी गरेका छन् । विकिपिडियामा पनि फिल्म ट्रिबेका फिल्म फेस्टिभलमा सन् २०२१ जुन २० मा प्रदर्शन भइसकेको जानकारी दिइएको छ । ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न