शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धन प्रतिगमनविरुद्धको मोर्चा हो : पन्त

आइतबार, ०९ असोज २०७९, ०९ : ३८
आइतबार, ०९ असोज २०७९

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले अहिलेको गठबन्धन सत्ता स्वार्थको नभई प्रतिगमन बिरुद्धको मोर्चा भएको बताएका छन् । पन्तले भने, ‘माओवादीको कांग्रेससँग विचार मिलेर होईन, कुनै स्वार्थ बाझिएर पनि होईन, दुई पटक संसद विघटन गर्ने केपी ओलीको प्रतिगनविरुद्ध गठबन्धन गरिएको हो ।’ यो गठबन्धन सधै कायम नरहने पनि उनले उल्लेख गरे । 

पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको आठौं जिल्ला सम्मेलनको धुर्कोटमा उद्घाटन गर्दै नेता पन्तले माओवादीले ब्यबहारमै मुलुकमा समाजवाद ल्याउनुपर्छ भनेर अघि बढेको दावी गरे । उनले प्रतिगमनविरुद्ध  मुलुकका धेरै राजनैतिक दल एकजुट भएको र आगामी निर्वाचनमा गठबन्धनको शानदार विजयी हुने बिचार ब्यक्त गरे । 

पार्टीको बैदेशिक रोजगार विभाग प्रमुख तथा  प्रवासी संगठन समन्वय समितिका सहइन्चार्ज समेत रहेका नेता पन्तले नेपालको राजनैतिक परिवर्तनमा समेत योगदान पुर्याउदै आएका  शिक्षक वर्गको उचित मूल्याङकन हुन नसकेको बताए । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज मानबहादुर पाण्डेले संघीय शिक्षा ऐन लागु गरेर शिक्षकहरुको समग्र माग पूरा गर्न आफुले कोशिस गरिरहेको बताए । शैक्षिक माफिया र बिचौलियाहरुले ऐन लागु गर्न नदिने चलखेल गरिरहेकोले बृहत शैक्षिक आन्दोलनको जरुरी रहेको उनले औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप