फस्फोरस खानीमा भेटियो त्रिकोणी दाँत, दुर्लभ मेगालोडोनको भएको वैज्ञानिकको दाबी

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

अमेरिकाका एक अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा पोस्ट भएको त्रिकोणीय दाँतको तस्बिर प्रागैतिहासिक युगको ठूलो सेतो सार्क मेगालोडोनको भएको बताएका छन् । उक्त दाँत भर्खरै फस्फोरस  खानीमा फेला परेको थियो । रेडिट प्रयोगकर्ताले उक्त फोटो पोस्ट गरेका छन् । 


पोष्टमा बुसीविभर १८७ नामक प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूलाई यसलाई पहिचान गर्न आग्रह गरेका छन् ।  पोस्ट सेयर गर्दै  प्रयोगकर्ताले लेखेका छन्,  “पहिचान गर्न मद्दत गर्नुहोस् ।“



धेरै रेडिट प्रयोगकर्ताहरूले आ—आफ्नै व्याख्या गरे । “सुन्दर जीवाश्म देखिन्छ र ठूलो सेतो दाँत हुनको लागि धेरै ठूलो छ । मलाई लाग्छ तपाईंले यहाँ मेगालोडन दाँत पाउनुभयो,“ एक प्रयोगकर्ताले लेखे ।



अर्का प्रयोगकर्ताले भने, ‘तपाईँले किन डाउनभोट गर्नुभयो भन्ने कुरा थाहा छैन, म एकदमै पक्का छु कि मेगालोडनको दाँत हो । साइजले मात्र मेगालोडनलाई औंल्याउँछ । म  विशेषज्ञ त होइन, तर धेरै उत्साही छु’, अर्का प्रयोगकर्ताले लेखेका छन् ।

न्युजविकका अनुसार जीवाश्मविज्ञ तथा चार्ल्सटन फोसिल एडभेन्चर्सका मालिक एश्बी गेलले उक्त दाँत वास्तवमा मेगालोडनको हो । गेलका अनुसार उक्त जीवाश्म ३।६ देखि १५।९ मिलियन वर्ष पुरानो हुन सक्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।