शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

आइतबार, ०९ असोज २०७९, ०९ : २८
आइतबार, ०९ असोज २०७९

शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो ।  नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । 

चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।  हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।

चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । चलचित्रले नेपालमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप