स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन स्विट्जरल्यान्डसँग स्तब्ध बनेको छ ।  गएराती भएको खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । 


स्विट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।  जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ । 



अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै,  ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे ।



पोर्चुगल १० अंक जोडेर शीर्ष स्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।