रित्तिँदै गाउँ भरिँदै सहर
बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा लिएर बजारमा बसे ।
पछिल्लो दुई वर्षयता भरत रोजगारी क्रममा भारतमा छन् । श्रीमती र दुई छोरा हेटौंडा बजारमै बस्छन् । ‘गाउँमा झन्डै १० कठ्ठा बारी बाँझै छ, यता रासन किनेरै खान्छौं,’ भरतपत्नी कान्छी सुस्केरा हाल्दै भन्छिन्, ‘बजारमा सबै सुविधा छन्, गाउँमा केही छैनन् ।’
भीमफेदी गाउँपालिका–३ की शर्मिला बजु पनि गाउँमा सेवासुविधाका लागि समस्या भएकै कारण बजार झरेको बताउँछिन् । उनको सात जनाको परिवार हेटौंडा–३ मा १० धुर जग्गामा सानो घर बनाएर बसेको छ ।
सुगम क्षेत्र सहरमा सरल दैनिकी खोज्दै गाउँ छाड्ने भरत र शर्मिलाको परिवार मात्रै होइनन् । ‘हेटौंडाबाट मोटरसाइकलमा १० मिनेटमा गाउँको घरमा पुग्छु तर यतै बस्न मन लाग्छ,’ मकवानपुरगढी–५ का सरोज घिमिरे भन्छन्, ‘सहजताका लागि यतै घर बनाए“, कोठा भाडा पनि राम्रै छ, परिवारै यता बसाइँ सर्ने तयारीमा छौं ।’
‘
सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिँदै छ । ग्रामीण क्षेत्रमा विभिन्न सेवासुविधा पर्याप्त नभएपछि रित्तिने क्रम बढेको हो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल